बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउनु हुँदैनः अर्थमन्त्री पौडेल

विष्णु पौडेल। फाइल तस्बिर।

काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताए।

उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको पनि बताए। उनले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारको लागि त्यति मात्रैले नपुग्ने बताए।

मन्त्री पौडेलले आर्थिक नीति परिमार्जन गर्ने बेला भएको पनि बताए। उनले अर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको पनि बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे।

आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरुको चाङलाई विस्तारै कम गर्दै लैजाने बताए।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्