६ सय ९० किलो सुर्ती बरामद

मोरङ – मोरङको रंगेली नगरपालिकामा भारतबाट अवैध रुपमा भित्रिएको ६ सय ९० किलो सुर्ती प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीले नगरपालिका ५ स्थित आपगाछीबाट २ लाख ७ हजार रुपैया बराबरको ६ सय ९० किलो सुर्ती बुधबार बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्रिएको धुलो सुर्तीसहित ३३ वर्षीय स्थानीय उसमान शेख मियाँलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो।
प्रवक्ता श्रेष्ठका अनुसार पक्राउ परेका शेखसहित २३ बोरा धुलो सुर्ती आवश्यक कारबाहीका लागि प्रहरीले विराटनगरको रानीस्थित भन्सार कार्यालयलाई बुझाएको छ।