हिरासत कक्षकाे पर्खाल भत्काइ फरार भएका थुनुवामध्ये ४ जना पक्राउ

सांकेतिक तस्बिर

जनकपुधाम- धनुषा प्रहरीको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन्।

आइतबार राति इलाका प्रहरी कार्यालय, महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा हातहतियार तथा खरखजाना मुद्दाका २८ वर्षीय रोशन महतो, सार्वजनिक शान्ति विरुद्धको अपराध मुद्दाको २५ वर्षीय अमित मण्डल, कुटपिट मुद्दाका २५ वर्षीय हर्दिप सिंह र लागुऔषध मुद्दाका ३५ वर्षीय विनोद कुमार शर्मा रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

जिल्ला प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न समय र स्थानबाट फरार थुनुवालाई नियन्त्रणमा लिएको छ।

दुईजना थुनुवा भने अझै फरार रहेका छन्। फरार थुनुवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्