सुनकाे मूल्यले कायम गर्याे हालसम्मकै नयाँ रेकर्ड, कतिमा हुँदैछ काराेबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – बिहीबार नेपाली सुनचाँदी बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि माघ १२ गते मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

यता, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। विश्व बजारमा सुनको माग बढिरहेको छ।

विश्लेषकहरुले मूल्य अझै बढ्दै जान सक्ने भविष्यवाणीहरु गरिरहेका छन्। नेपालमा पनि सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्