कालिन्चोक दर्शनको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – कालिन्चोक दर्शन कम्पनीको आइपीओ बिहीबार बिहान बाँडफाँट भएको छ।
आज बाँडफाँट भएकाे आइपीओमा ८९ हजार ६४० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्।
कुल १४ लाख ७३ हजार ९६९ जना आवेदकले आवेदन दिएकामा ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएकाे छ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो। यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।
जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।
बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सोही सेयर आज बाँडफाँट गरिएको हो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, कालिन्चोक दर्शनको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।