अमेरिकी राजदूत थम्पसन र विराटनगर महानगरका प्रमुख नागेशसँग भेटवार्ता

माेरङ- विराटनगर महानगरको विकासका लागि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले समन्वय गर्न तयार रहेको बताएका छन्।

बिहीबार विराटनगर महानगरका मेयर नागेश कोइरालासँगको भेटका क्रममा राजदूत थम्पसनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग समन्वयकारी भूमिका खेल्ने बताए।

भेटका क्रममा राजदूत थम्पसनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नहुनेमा जाेड दिए।

राजदूत थम्सनले भारतीय सीमा क्षेत्रसँग महानगर जोडिएको सन्दर्भमा मानव बेखविखन र ओसारपसारका सम्बन्धमा समेत जिज्ञासा राखेका थिए।

भेटका क्रममा महानगरका मेयर कोइरालाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

मेयर कोइरालाले महानगरको सीमा भएर बग्ने केशलिया र सिंघिया खोलाका कारण विराटनगरमा डुबान समस्या रहेको बताए।

भेटका क्रममा उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा जानकारी गराएकी थिइन्।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्