साउनयता गाउँपालिकाका स्वास्थ्य चौकीमा सुत्केरी महिलाले पाए पोषण थैली (फोटो फिचर)

सिमकोट – गाउँपालिकाभरिका गर्भवती र सुत्केरीलाई पोषणयुक्त खानेकुरासहितको थैली हातहातमा उपहार दिइएको छ।
सिमकोट गाउँपालिका सबै सुत्केरी र नवजात शिशुुको पोषणमा सुधार ल्याउन उक्त थैली उपहारस्वरुप प्रदान गरिएको हो।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले विशेष कार्यक्रम नै तय गरेर साउनयता सुत्केरी भएकी महिलालाई उक्त उपहार प्रदान गरिएको बताए।

गाउँपालिकाका चार वटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा संस्थागत सुत्केरी गराउन सफल महिलालाई पोषणयुक्त खानेकुरा र सरसफाइका सामग्री प्रदान गरिएको हो।

हालसम्म सिमकोट गाउँपालिकामा ९५ जना सुत्केरीलाई उक्त पोषण थैली सहयोग गरिएको छ। यसरी गाउँपालिकाभरिमा सुरक्षित सुत्केरी गराउने महिलामा ठेहे स्वास्थ्य चौकीमा ११ जना, डाँडाफया स्वास्थ्य चौकीका बाह्र जना, स्याँडा स्वास्थ्य चौकीमा २४ जना र सिमकोट गाउँपालिका स्थायी ठेगाना भएर जिल्ला अस्पतालमा सुत्केरी गराउने ४८ जना छन्।

यो कार्यक्रमबाट असारसम्म सुत्केरी हुने महिलाले उक्त उपहार पाउने भएका छन्। पोषण थैलीमा पोषणका लागि मार्सी चामल, घ्युु, तेल, अण्डा, ग्रिनहाउस निर्माण गर्ने पाल छन् भने सरसफाइतर्फ कपडा र नुहाउने साबुन, ब्रस, मन्जन, नेलकटर, तौलिया र पेन्टी रोखिएको छ।

उनले गर्भवतीले सुरक्षित सुत्केरी गराउनका लागि प्रेरित गर्न र पोषण तथा सरसफाइमा सुधार ल्याउन ती सामग्री प्रदान गरिएको बताए। यसका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष ल्याउँदै छन् कोशली, गर्भवती सुत्केरी आमाको हातहातमा पोषण थैली कार्यक्रम तर्जुमा गरेको थियो।

 

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्