बन्द प्रशिक्षणमा सहभागी भए सन्दीप लामिछाने

फाइल तस्बिर।

काठमाडौँ- बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

उनी बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा सहभागी भएका छन्। उनले बिहीबार नै कीर्तिपुर पुगेर अभ्यासमा सहभागिता जनाएका थिए।

नेपाल क्रिकेट संघ (क्यान)को  पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

उनको फिटनेस र फिजिओ परीक्षणपछि अभ्यासमा पूर्ण रुपमा सहभागी गराइने क्रिकेट छनोटकर्ता दिपेन्द्र चौधरीले जानकारी दिएका छन्।

नाबालिग बलात्कार आरोप लागेपछि असोज २० गते पक्राउमा परेका सन्दीपलाई असोज २१ गते राष्ट्रिय टिमबाट निलम्बन गरिएको थियो। उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका सन्दीपलाई थुनामा राख्न महान्यायाधिवक्ता कार्यालयले बिहीबार नै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ।

उनीबिरुद्धको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्