
फाइल तस्बिर।
काठमाडौँ – बलात्कार आरोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राख्नुपर्ने मागसहित परेको निवेदनमाथि सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ।
काठमाडौँ जिल्ला अदालतले दिएको सन्दीपलाई पुर्पक्ष थुनामा पठाउने आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले धरौटीमा रिहा गरेपछि महान्यायाधीवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निदेवन दिएको थियो। उक्त निवेदनमाथि भोलिका लागि सुनुवाइ तोकिएको हो।
पाटन उच्च अदालतले सन्दीपलाई पुस २८ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।