विश्वकप लिग–२ः प्रशिक्षणको दोस्रो चरणमा सन्दीप र प्रतिश थपिँदा विनोदसहित ९ खेलाडी बाहिरिए

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले आगामी २ फागुनदेखि ९ फागुनसम्म हुने विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिमबाट ८ खेलाडीलाई बाहिर राखेको छ।
बिहीबार दोस्रो चरणको प्रशिक्षणका लागि सन्दीप लामिछाने र प्रतिश जिसीलाई प्रारम्भिक प्रशिक्षणबिना नै टिममा भित्र्याउँदा प्रारम्भिक चरणका ९ खेलाडी कटौती गर्दै कुल २० जनालाई क्याम्पमा बोलाएको हो।
दोस्रो चरणमा बोलाइएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, सन्दीप जोरा, भीम सार्की, प्रतिश जिसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउँद रहेका छन्।
प्रारम्भिक प्रशिक्षणबाट बाहिरिने खेलाडीमा शरद भेषवाकर, विनोद भण्डारी, सागर ढकाल, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोव, भुवन कार्की र अंकित सुवेदी रहेका छन्।