आइपीओ जारी गर्दै पूर्वाञ्चल ल्यूव आयल

सांकेतिक तस्बिर।

काठमाडौँ – पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले सर्वसाधारणलाई आइपीओ जारी गर्दैछ। कम्पनीले आइपीओ जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

नियुक्ति सम्बन्धी सम्झौतामा पूर्वाञ्चल ल्यूब आयलको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन्।

पूर्वाञ्चल ल्यूब आयलले सर्वसाधारणलाई ५ लाख कित्ता आइपीओ जारी गर्ने तयारी गरेको हो। पूर्वाञ्चल ल्यूवको रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा ९, विराटचोक, मोरङ्गमा रहेको छ।

यस कम्पनीले विगत २३ वर्षदेखि आफ्नो ‘पीएलओ’ ब्राण्डका ल्यूब्रीकेन्ट उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ। हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजारभन्दा बढी खुद्रा आफ्ना उत्पादन बिक्री वितरण गरिरहेको कम्पनीले जानकारी गराएको छ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्