यू–१७ महिला च्याम्पियनसिपका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडाैँ – अखिल नेपाल फुटबल संघले यू–१७ महिला च्याम्पियनसिपको तयारीका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि प्रारम्भिक चरणमा प्रशिक्षक भगवती रानाले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकी हुन्।
प्रशिक्षक भगवतीको नेतृत्वमा नेपाली यू–१५ राष्ट्रिय महिला टोलीले गत नोभेम्बरमा बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो।
त्यसबेला नेपाललाई उपाधि दिलाउँदा सानदार प्रदर्शन गरेकी गोलरक्षक सुजाता तामाङ र फरवार्ड वर्षा ओलीसँगै यू–१५ टिमकै कप्तान दिपा रोकाया सहित तत्कालीन टिमका १६ खेलाडी अहिले प्रारम्भिक टिममा समावेश गरिएको छ।
यूईएफए असिस्ट प्रोग्राम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ ९साफ० ले आयोजना गर्न लागेको प्रतियोगिता २० देखि ३१ मार्चसम्म बंगलादेशमा आयोजना हुँदै छ। एन्फाले यू–१७ च्याम्पियनसिपका लागि खेलाडी छान्न जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ मा एन्फा कम्प्लेक्समा खुल्ला छनोट गरेको थियो।
प्रारम्भिक टोलीः
गोलरक्षकस् सुजाता तामाङ ‚ राधिका ओली ‚ पुष्पा रोकाया ‚ करुणा बुढाथोकी
डिफेन्डरः अमिता भुल ‚ माया मास्के ‚ झुमा विश्वकर्मा ‚ विपना स्नेही ‚ सीता रोकाया ‚ लीला चन्द‚ अञ्जना पुनमगर ‚ प्रेना डोल्मा लामा ‚ दीपा मगर ‚ सिमरन राई ‚ रेनु लिम्बू चाबेगु
मिडफिल्डरः रुपा लिम्बू ‚ डिलामाया घिसिङ ‚ भावना परियार ‚ विकल्पकुमारी चौधरी ‚ सुमी राई‚ सुक्रिया मियाँ ‚ काजल स्याङ्तान‚ सुशीला केसी‚ पुनम चेम्जोङ
फरवार्डः सेनु परियार ‚ दीपा रोकाया ‚ वर्षा ओली ‚ कविता गुरुङ