मधेस प्रदेशको मन्त्रिपरिषद् आज विस्तार हुँदै

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।

नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराउने तयारी गरिएको छ ।

बाँकी रहेको ७ वटा मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् ।

अहिले मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ ।

गत पुस २७ गते मुख्यमन्त्रीमा जसपा संसदीय दलको नेता सरोजकुमार यादव नियुक्त भएका थिए ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्