मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्ज – नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ।

बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा मेयर कप पुरुष र उपमेयर कप महिलाको प्रतियोगिता हुन थालेको हो।

संघका अध्यक्ष सरोबर प्रसाईका अनुसार, पुरुषका बीचमा हुने मेयर कपमा २२ वटा टीमले भाग लिएका छन् भने महिलाको उपमेयर कपमा ६ वटा टीमले भाग लिएका छन्।

मेयर कपको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार तथा उपमेयर कपको विजेताले २५ हजार र उपविजेताले १५ हजार र ट्रफी पाउने अध्यक्ष प्रसाईले जानकारी दिए।

प्रतियोगितामा दुवैतर्फका प्लेयर अफ द सिरिजलाई ११ हजार र ट्रफी तथा प्रत्येक म्याचका प्लेयर अफ द म्याचलाई एक हजार पुरस्कार राखिएको छ।

मंगलप्र्रसाद स्कूलको खेल मैदानमा हुने प्रतियोगितामा मेयर कपमा ६ वटा विद्यालय र १६ वटा क्लव तथा उपमेयर कपमा ६ वटा विद्यालयले भाग लिएका छन्।

पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष सुफियान खान पठान, प्राविधिक संयोजक मनमोहन लम्साल, क्यानका पूर्व केन्द्रीय सदस्य सुनिलसिंह हमाललगायतको उपस्थिति थियो।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्