चिर्पट प्रहार गरि छोरोले गरे बुवाको हत्या

सांकेतिक तस्बिर

वीरगञ्ज – रौतहटको चन्द्रपुर नगरपालिकामा छोराले चिर्पट प्रहार गरि बुबाको हत्या गरेका छन्।

चन्द्रपुर नगरपालिका–६ बस्ने ३२ वर्षीय प्रकाश राईले बिहीबार राति बुबाको हत्या गरेको प्रहरीले जनाएको छ। राईले चिर्पट प्रहार गरि ५५ वर्षीय बुबा निरबहादुर राईको हत्या गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जानकारी दिएको छ।

बाबु र छोराबीच राति समान्य विवाद हुँदा प्रकाशले चिर्पटले हानेको खुल्न आएको छ।

चिर्पट प्रहारबाट घाईते भएका निरबहादुरको चन्द्रपुर अस्पतालमा उपचारका लागि लगिएकोमा मृत्यु भएको थियो।

घरायसी विवादमा प्रकाशले राति ९ बजे बुबा निरबहादुरको चिर्पट प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी सन्तुप्रसाद जैसवारले जानकारी दिए।

प्रकाशलाई राति नै नियन्त्रणमा लिई घटनाको समबनधमा थप अनुसन्धान भइरहेको उनले बताए।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्