माओवादी भएन सहभागी

मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्रीमा यादवलाई नियुक्त भएको तीन साताभन्दा बढी समय बितेपछि शुक्रबार उनले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

नवनियुक्त ६ मन्त्रि प्रदेश प्रमुख हरिशंकर मिश्र र तीन राज्यमन्त्री मुख्यमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सुरिता साहले सामाजिक विकास मन्त्री, महेश यादवले शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य  मन्त्री, शत्रुध्नप्रसाद सिंह गृह तथा संचार, मो। जैयद आलम महिला बालबालिका युवा तथा खेलकुद , सिंगासन सा कलवार खानेपानी तथा उर्जा र राजकुमार लेखीले कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री पदको शपथ ग्रहण गरे।

यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी,  वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरे।

सत्तागठबन्धन दलबीच भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार रुकेको थियो। आज मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गर्दा माओवादी केन्द्रभने सहभागी भएको छैन।

पुस २७ गते ६३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले विश्वासको मत लिँदा सिँगो सदनले उनलाई विश्वासको मत  दिएको थियो। २७ पुसमा मुख्यमन्त्री बाहेक तीनजना मन्त्री सपथ लिएपनि उनीहरुले माघ १२ गते मन्त्रालय पाएका थिए।

नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र जसपाका संजय यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्