रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने

काठमाडौँ – एनआरएस स्पोर्ट्स फाउन्डेसनले फागुन २० गते शनिवार रन फर ओबेसिटी म्याराथन गर्ने भएको छ।
संस्थाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। म्याराथन ५ किलोमिटरको हुनेछ।

म्याराथनमा सहभागी हुनका लागि खल्ती एपबाट २ सय रुपैयाँ भुक्तानी गरी दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ। भुक्तानी गरेसँगै टिसर्ट सहितका सामग्री प्रदान गर्ने पनि आयोजकले जनाएको छ।

म्याराथन वसन्तपुरबाट शुरु भइ रत्नपार्क, नागपोखरी, दरबारमार्ग, न्युरोड हुँदै वसन्तपुरमै गएर टुंगिने छ। आयोजकले म्याराथनमा १ हजार जना सहभागी गराउने लक्ष्य लिएको छ। म्याराथन बिहान ६ः३० बजे सुरु भई साढे ७ बजे समापन हुने आयोजकले जनाएको छ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्