हाइकु केन्द्रद्वारा एकैसाथ आठ पुस्तक विमाेचन

काठमाडाैँ- एकैपटक हाइकुका आठ पुस्तक विमोचन भएका छन्।

नेपाल हाइकु केन्द्रले शुक्रबार एकैचाेटि आठ पुस्तक विमाेचन गरेकाे हाे।

विशेष हाइकु गोष्ठी तथा पुस्तक विमोचन कार्यक्रममा पुरु सुवेदीको हाइकु संग्रह ‘कमल’,प्रमोद सारङको ‘असर्फी’, कमल गिरीको ‘सुनाखिरी’, पशुपति कर्मचार्यको ‘जाई’,डा. यादव ढुंगानाको ‘सूर्यमुखी’, दिव्य गिरीको ‘भुइँकुहिरो’, मन्जु ज्ञवालीको ‘ट्युलिप’ र निता श्रेष्ठको ‘नित्य नूर’काे विमोचन गरिएको हो।

विमोचनपश्चात् मन्तव्य राख्दै त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले हाइकु जापानीजहरूको जीवनशैलीमा नै जोडिएको साहित्यक विधा भएको बताए।

विमाेचित कृतिबारे समीक्षा गर्दै डा.मित्रबन्धु पौडेलले विविध पक्षको खँदिलो प्रस्तुतिका कारण कृतिहरूले न्याय गरेको बताए।

कार्यक्रममा सर्जकहरूले आआफ्ना कृतिबाट ५-५ वटा हाइकु वाचन गरेका थिए।

उक्त अवसरमा नेपाल हाइकु केन्द्र कोरिया च्याप्टरका तर्फबाट प्रा.राम कुमार पाँडेलाई सम्मानसमेत गरिएकाे थियाे।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्