गृहमन्त्रीको विवादलाई सूक्ष्म ढंगले हेरिरहेका छौँःविपक्षी गठबन्धन

फाइल तस्बिर ।

काठमाडौँ–नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले सत्तारूढ दलभित्रको विवादलाई सूक्ष्म रूपमा नियालिरहेको टिप्पणी गरेको छ।

शनिबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको विपक्षी दलको बैठकले गठबन्धनभित्र गृह मन्त्रालयका विषयमा भएको विवादलाई आफूहरूले सूक्ष्म रूपमा हेरिरहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

‘सरकारमा रहेका दलहरूबीच सैद्धान्तिक, वैचारिक विषयमा व्यापक विवाद उत्पन्न भएको छ।

संघीय संसदमा पनि कुरा उठेको छ। गृहमन्त्रीको विवादको कुरा आएको छ। यी विषयमा अत्यन्त सुक्ष्म ढंगले हामीले हेरिरहेका छौं,’ उनले भने।

सर्वोच्च अदालतले रवि लामिछानेलाई नागरिकता मुद्दामा दोषी ठह¥याएसँगै उनको गृहमन्त्री पद र सांसद पद खारेज भएको थियो।

त्यसपछि गृहको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन्। यद्यपि, रास्वपाले रवि लामिछानेले नै पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्