विपक्षी गठबन्धनले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने

सांकेतिक तस्बिर

काठमाडौँ–विपक्षी गठबन्धनले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी दिने भएको छ। शनिबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले राष्ट्रियसभामा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

उनले उम्मेदवारको टुंगो भने भोलि लाग्ने बताए। बैठकपछि नेता लेखकले सञ्चारकर्मीसँग भने,’संघीय संसदमा भएको विपक्षी दलका नेताहरूको बैठक सम्पन्न भएको हो। मूलतः भोलि राष्ट्रियसभाको निर्वाचनमा नोमिनेसनबारे कुराकानी भयो। उम्मेदवारीबारे के गर्ने छलफल भयो।’

बैठकमा कांग्रेस,एकीकृत समाजवादी पार्टी लोकतान्त्रिक र समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी माघ २३ गते हुँदैछ।

५८ सदस्य रहेको राष्ट्रियसभामा एमाले १५, माओवादी केन्द्रको १५, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र एकजना सांसद छन्। त्यस्तै, राष्ट्रपतिबाट मनोनीत ३ सिट छन्।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्