काठमाडाैँ – बलात्कारकाे अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाविरुद्धकाे निलम्बन फुकुवा गरी राष्ट्रिय टाेलीमा समावेश गरेकाे भन्दै माइतीघर मण्डलामा प्रदर्शन भएकाे छ।
बलात्कार अभियाेग लागेपछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका लामिछाने बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा सहभागी भएका थिए।
क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। क्यानकाे यस्ताे निर्णयविरुद्ध नै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनकारीहरूले ‘मेराे राष्ट्रिय टिममा बलात्कारकाे अभियुक्त हुन सक्दैन’, ‘क्यान बलात्कार आराेपीकाे मतियार’, ‘क्यान कि क्यान नट’, ‘चतुर चन्दकाे चतुर्याइँ बलात्कारीकाे हर्ष बढाइँ’, ‘उता फिक्सिङ गराउने यता आराेपितलाई क्याम्पमा राख्ने’ जस्ता नारा लेखेका पम्प्लेट प्रदर्शन गरेका थिए।
सन्दीपलाई तत्काल राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरूकाे माग छ। यस्ता खालका क्रियाकलापले पीडित झनै पीडित हुने एक प्रदर्शनकारीले बताए।
यस्तै, अर्का प्रदर्शनकारीले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शीघ्र राजीनामा दिनुपर्ने बताए।
तस्बिरहरू हेर्नूहाेस् :