धनुषामा हतियारसहित एक जना मिटरव्याजी पक्राउ

जनकपुरधाम – धनुषा प्रहरीले हातहतियारसहित एक जना मिटरव्याजीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजको उजुरी दिएपछि जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार दिलिप साहको घर तथा पसलमा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको टोलीले खानतलासी गर्दा कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरू, खाली चेकलगायतका अन्य कागजातहरू फेला परेका हुन्।

यस्तै कटुवा पेस्तोल १ थान, ३०३ राइफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्