अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुग्याे

बेल्चाले हिउँ साेहाेर्दै एक पुरुष। फाइल तस्बिर।

अफगानिस्तानमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ।

अफगानिस्तानको तालिवान सरकारले देशमा शीतलहरका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको जनाएको हाे।

तालिवानको रेड क्रिसेन्ट विभागले चिसोका कारण करिब ८० हजार जनावरको मृत्यु भएको जनाएको छ।

अफगान रेड क्रिसेन्ट चारसाम्बलीका प्रमुख मौलवी हक खलसका अनुसार देशभर शुक्रबारसम्म १७५ जनाको मृत्यु भएको छ भने करिब ३० जना बिरामी परेका छन्।

एकातिर अफगानिस्तानमा चिसोको प्रकोप जारी छ भने अर्कोतर्फ तालिवानले महिलामाथि लगाएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय सहयोग कम भइरहेको छ।

अफगानिस्तानका एक करोड मानिसलाई तत्काल सहयोगको आवश्यकता रहेको विज्ञहरू बताउँछन्।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्