ताेलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?

सांकेतिक तस्बिर।

काठमाडौँ – साताकाे पहिलाे काराेबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला दुई हजारले घटेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनकाे मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा घटेकाे हाे।

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको हो।

आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार छ सय छ।

अघिल्लो दिन उक्त सुन एक लाख पाँच हजार छ सय थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ घटेर एक हजार तीन सय २० तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्