डाँडाफयाको जवुकामा घरमा आगलागी

तस्बिरः स्थानीय धनराज सिंह

सिमकोट – सिमकोट गाउँपालिका–७ को डाँडाफयाको जवुुका गाउँमा आगलागी भएको छ। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुुई घरमा त्यसै घरमा लागेको आगो सल्किँदा धेरै क्षति भएको हो।

आगलागीबाट दुुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। वडाध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क सिंहको घरमा लागेको आगोले अन्य दुुई वटा घरमा क्षति पुर् याएको बताए।

आगलागीबाट छक्क सिंह र काली सिंहको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने सुरसिंह सिंहको घर आंशिक क्षति पुुगेको हो। दुुई जनाको घर पूर्णरूपमा जलेर नष्ट भएका कारण के–कति क्षति भएको छ, त्यसको विवरण आउन सकेको छैन। स्थानीय बासिन्दाले आगो भने नियन्त्रणमा लिएका छन्। प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले आगलागी भएको पुष्टि गर्दै प्रहरी घटनास्थलमा पुुगेको बताए।

उनले अहिले प्रहरी आगलागी स्थलमा पुुगेर आयो निभाउने कार्य भएको र क्षतिको विवरण आगो नियन्त्रणमा लिइसकेपछि आउने बताए। आगो के–कसरी लागेको हो सो सम्बन्धमा पनि प्रहरी अनुसन्धान गर्ने जनाएको छ। दिउँसो भएको कारण आगलागीबाट मानवीय क्षती भने हुन पाएन।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्