७ सय १६ बोतल लागुऔषध र गाडीसहित दुई जना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ७ सय १६ बोतल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषधसहित पर्साको जगरनाथपुर गाउँपालिका–१ का २० बर्षीय अयुब असरफ र वीरगञ्ज महानगरपालिका–२ छपकैयाका २८ बर्षिय ईजहार आलमलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा चेकजाँचको क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ना.२ च ७९०५ नम्बरको सुमो गाडीलाई चेकजाँच गदागाडीको बर्नट भित्र सेतो प्लास्टिकको बोराभित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागू औषध ओनेरेक्स ७ सय १६ बोतल बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता निर्मल बुढाथोकीले जानकारी दिए। दुबै जनालाई प्रहरी नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उनले बताए ।

 

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्