एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौँ – विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन्।
एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दा न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
फाइनलमा एपीएफसँगको भेट पक्का गर्ने क्रममा न्यु डायमण्डले सुरुवाती सेट गुमाए पनि त्यसपछि सानदार प्रदर्शन गर्दै पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा एक खेल बाँकी रहँदै फाइनलमा पुगेको हो। डायमण्डको जितले एपीएफले पनि एक खेल बाँकी छँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।
पहिलो सेट डायमण्डले २२–२५ ले गुमाउन पुगेको थियो। सुरुवातदेखि नै पछि परेको डायमण्डले पुनरागमन प्रयास गरे पनि जित असफल भएको थियो। तर त्यसपछिका सेटमा भने राम्रो प्रदर्शन गर्दै अगाडि बढेको थियो। दोस्रो सेटमा डायमण्डले २५–१५ को सहज जित निकाल्दै खेल १–१ को बराबरीमा पुगेको थियो।
तेस्रो सेटमा १०–१६ ले पछि रहेको डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै २५–२२ को जित निकाल्दा चौथो सेटमा भने सुरुवातदेखि नै अग्रता लिँदै डायमण्डले २५–१९ को सहज जित निकाल्न सफल भयो। डायमण्डकी स्पाइकर प्रतिभा माली प्लेयर अफ दि म्याच घोषित भइन्। जितसँगै डायमण्डको २ खेलबाट ६ अंक पुगेको छ। पुलिसले दुई खेलबाट अंकको खाता खोल्न सकेको छैन। एपीएफको पनि ६ अंक छ। पुलिस र आर्मीले दुई खेल सकिँदासम्म तालिकामा कुनै अंक जोड्न सकेको छैन।
प्रतियोगिताअन्तर्गत आइतबार नै सम्पन्न दिनको पहिलो खेलमा एपिएफले आर्मीलाई साझो सेटमा स्तब्ध बनायो। पहिलो सेट २५–१७ ले जितेको एपीएफले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको थियो।
प्रतियोगितामा सोमबार लिग चरणका अन्तिम खेलमा प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा एपीएफ र डायमण्ड तथा दोस्रो खेलमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। यस खेलबाट तालिकामा शीर्ष चारको टोलीको टुङ्गो लाग्ने छ।