उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर मधेस सरकारमा सहभागी हुँदै माओवादी केन्द्र

सुनिता यादव। फाइल तस्बिर।

जनकपुरधाम- मधेस प्रदेश सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन लागेको छ।

दुईवटा मन्त्रालय लिने अडान लिएपछि माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन। तर अब एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन माओवादी केन्द्र तयार भएको हो।

माओवादी केन्द्रको तर्फबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको मन्त्रिमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारी सहभागी हुन लागेका छन्।

माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्न लागेकी यादव माओवादी केन्द्रको संस्थापक नेतामध्येका एक रामवृक्ष यादवको छोरी हुन्।

माघ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्