तस्बिरमा हेर्नूहाेस् टर्कीमा भूकम्प अघि र पछिको अवस्था

टर्कीमा सोमबार बिहान गएको भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या चार हजार नाघेको छ।

भूकम्पमा परी घाइते हुनेको संख्या १५ हजारभन्दा बढी रहेको बताइएको छ। मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ।

प्रकोप प्रभावित क्षेत्रका तस्बिरहरू हेर्दा टर्कीका सहरहरूमा भूकम्पपछि ठूला-ठूला भवनहरू भत्किएका देखिन्छन्।

अहिले उद्धार तथा राहत कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पबाट भवनहरूमा ठूलो क्षति पुगेको र कैयौँ मानिसहरू अहिले पनि भत्किएका भवनमा पुरिएको हुन सक्ने बताइएको छ।

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।

हेर्नूहोस् भूकम्प अघि र पछिका तस्बिरहरू:

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्