नेपाली टेक्नोलोजी विदेशको भन्दा कम छैन, सरकारले प्राथमिकता दिएनः चन्द्र ढकाल

फाइल तस्बिर

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्।

मंगलबारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले नेपाल टेक्नोलोजी तथा डिजिटल क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको बताए।

उनले नेपाली इन्जिनियरहरुले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको दाबी गरे। उनले नेपालले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिष्पर्धा गर्न सक्ने अवस्था रहेको दाबी गरे। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताए।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्