झापाका कुखुरापालक किसान आन्दोलित, जिउँदै कुखुरा सडकमा फालेर प्रदर्शन

झापा – झापाका कुखुरापालक किसानहरूले मंगलबार जिउँदा कुखुरा सडकमा फालेका छन्। बिर्तामोडको मुक्तिचोक उनीहरूले जिउँदो कुखुरा तथा अण्डा फालेका हुन्।

व्यस्त पूर्व–पश्चिम राजमार्गमा फालिएका कुखुरामाथि सवारी साधन गुडेका थिए। सरकारले कुखुरा तथा अण्डाको मूल्य नतोकेको भन्दै कुखुरापालक किसान आन्दोलित बनेका हुन्।

सरकारले बजार व्यवस्थापन नगरिदिँदा उचित मूल्य नपाएको तथा कुखुरा बिक्री नभएको भन्दै बाध्य भएर कुखुरा सडकमा फाल्नु परेको उनीहरूले बताए।

व्यानर तथा प्लेकार्डसहित निस्केको कुखुरापालक किसानको र्‍यालीले बिर्तामोडमा प्रदर्शन गरेको थियो।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्