हुम्लामा सशस्त्र प्रहरीद्वारा आगलागी नियन्त्रणसम्बन्धी ‘डेमो’ प्रदर्शन (तस्बिरहरु)

सिमकोट – सशस्त्र प्रहरीले हुम्लामा आगालगी नियन्त्रणसम्बन्धी ‘डेमो’ प्रदर्शन गरेको छ।

आगलागी नियन्त्रणबारे सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मले मंगलबार सिमकोटस्थित खेल मैदानमा उक्त डेमो प्रदर्शन गरेको हो।

आगलागी नियन्त्रणबारे सर्वसाधारणलाई जानकारी गराउनका लागि डेमो प्रदर्शन गरिएको गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर सिंह धामीले बताए।

दुुई दिनअघि सिमकोट गाउँपालिका– ७ को डाँडाफयामा आगलागीबाट घरहरु जलेर नष्ट भएका थिए। यस्ता खालका घटना नियन्त्रणमा सहज होस् भन्नका लागि उक्त डेमो देखाइएको बताइएको छ।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्