नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यन्त्रीलाई विश्वासको मत नदिने

धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुको माग पूरा नभएकाले सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत नदिने बताएकी हुन्।

‘हामी विश्वासको मत दिन सक्दैनौँ। किनभने हाम्रो बटमलाइनलाई प्रदेश सरकारले सुनुवाइ गर्ने कुनै संकेत दिएको छैन,’ श्रेष्ठले भनिन्, ‘हाम्रो माग पूरा नभएसम्म हामी सरकारलाई समर्थन गर्दैनौँ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिँदैछन्।२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संविधानको व्यवस्था छ।

सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्‍याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।

संघीय सांसद गंगा चौधरीले पनि रेशम चौधरीको रिहाइ नभएसम्म सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्