गौशाला नगरपालिकामा ‘मौसम स्टेसन’ जडान

जनकपुरधाम – गौशाला नगरपालिकाले नगरपालिकाको मौसमबारे जानकारीका लागि नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरेको छ।

मौसमसम्बन्धी जानकारीका लागि नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा मौसमसम्बन्धी सम्पूर्ण जानकारी गराउन मौसम स्टेशन जडान गरेको गौशाला नगरपालिकाले जनाएको छ।

मौसम स्टेसन जडान भएपछि यस क्षेत्रको मौसमसम्बन्धी सम्पूर्ण जानकारी जस्तैः बाहिरी र भित्री तापक्रम, वर्षाको मात्रा, प्रकाशको अवस्था, वायुको दिशा, प्रवेग र चाप, मौसमको पूर्व अनुमान तथा जल वायु परिवर्तनबारे सूचना प्रवाह गर्ने नगरपालिकाले जनाएको छ।

यस उपकरणको मद्दतले गौशाला नगरपालिकाको जलवायु परिवर्तन तथा वातावरण संरक्षणसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न विशेष मद्दत पुग्ने अपेक्षा गरिएको छ।

आकस्मिक रूपमा हुने जलवायु परिवर्तनबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न तथा विपद व्यवस्थापनमा समयमै आवश्यक तयारी गर्न समेत सहज हुने अपेक्षाका साथ नगरपालिकाको कार्यालयमा मौसम स्टेसन जडान गरिएको छ।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्