टर्की भूकम्प: चीनले साठी लाख अमेरिकी डलर सहयोग गर्ने

चीनले टर्कीका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। आपतकालीन सहायताअन्तर्गत उक्त रकम टर्कीलाई उपलब्ध गराउने घोषणा भएको हो।

साथै चीनको रेडक्रसले टर्की र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ। टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ।

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकी र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्