भूकम्पमा परी टर्कीका फुटबल खेलाडीकाे निधन

टर्कीमा साेमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी फुटबल खेलाडी अहमेट इयुप तुर्कस्लानको निधन भएको छ।
२८ वर्षीय तुर्कस्लान आवद्ध फुटबल क्लब येनी मालत्यास्पोरले उनकाे निधनकाे पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उनले येनी मालत्यास्पोर क्लबबाट जम्मा ६ पटक खेलेका थिए। उनी गाेलकिपर थिए।
भूकम्पमा परी मृत्यु हुनेकाे संख्या ७ हजार ८ सय नाघेकाे छ।
टर्की र सिरियाको सीमा क्षेत्रमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार ७.५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्याएकाे छ।