यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडाैँ- नेपाल राष्ट्र बैंकले बुधवारको लागी विदेशी विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरमा सामान्य परिवर्तन आएको छ। अमेरिकी डलर एकको खरिददर बुधवार १३२ रुपैयाँ ३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएकाे छ।

अघिल्लो दिन अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो आज एक रुपैयाँ ६८ पैसाले उकालो लागेर यसको खरिद मूल्य १४१ रुपैयाँ ४६ पैसा र बिक्रीमा १४२ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

मंगलबार यसको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्डको खरिददर १५८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८ पैसा तोकिएको छ। यसअघि मङ्गलवार यसको खरिददर १५८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो।

त्यसैगरी, अष्ट्रेलियन डलरको मूल्य ५२ पैसाले उकालो लागेर यसको खरिद मूल्य ९१ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९१ रुपैयाँ ९३ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ९१ रुपैयाँ र बिक्रीमा ९१ रुपैयाँ ४१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएकाे छ।

बुधवार क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८२ पैसा तोकिएको छ।

यसैयरी कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसामा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा ३० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३० रुपैयाँ ८२ पैसा पाइन्छ।

यस्तै, कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७० पैसा पाइन्छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २० पैसा र बिक्रीदर ३५१ रुपैयाँ ७९ पैसा तोकिएको छ।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्