प्रि-ओपन सेसन: ४.२७ अंकले बढ्यो नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ। यससँगै सूचक २१८१.६१ विन्दुमा अडिएको छ।

यस सेसनमा ३६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ।

यस अवधिमा कुल ९५ वटा कारोबार भएको हो। ३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ।‍

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्