फागुन ४ गतेदेखि आइपीओ ल्याउँदै मोलुङ हाइड्रोपावर

सांकेतिक तस्बिर।

काठमाडौँ – मोलुङ हाइड्रोपावरले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ।

कम्पनीले २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गर्न लागेको हो।

यो मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ।

यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ।

बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

रेटिङ एजेन्सी इक्रा नेपालले मोलुङको इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्