स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला

जनकपुरधाम – सिरहामा स्कुल गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेका छन्। आइतबार लिटिल स्टार स्कुलमा पढ्न गएका बालबालिका बेपत्ता भएको चौथो दिन भारतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सिरहाको सिरहा नगरपालिका ६ बसबिट्टा बस्ने मो. रजाक मंसुरको छोरी १४ वर्षीया नुडी खातुन र मो. सहिद मंसुरको छोरा १२ वर्षीय मो. अरमान मंसुर स्कुल गएकोमा घर फर्केका थिएनन्।
कक्षा ८ मा अध्यनरत नुडी र कक्षा ४ मा अध्यनरत मंसुर स्कुल छुट्टी भएपश्चात पनि घर नफर्केपछि परिवारजनले साँझमा जिल्ला प्रहरी कार्यालय सिरहामा मौखिक जानकारी दिएका थिए।
प्रहरीमा जानकारी आए पश्चात् खोजतलास गर्ने क्रममा बालबालिकाहरु भारतको समस्तिपुरमा फेला परेको प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।
भारतीय प्रहरीसंग समन्वय गरी बालबालिकाको उद्धार गरि बुधबार परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।