सामान चोरी आरोपमा भारतीय नागरिक पक्राउ

वीरगञ्ज – सामान चोरी गरेको आरोपमा वीरगञ्जबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सीतामढी ग्राम घर भई हाल वीरगञ्ज महानगरपालिका–१३ मा डेरा गरी बस्ने २० वर्षीय राजु आलम भन्ने फैयाज आलम छन्।
उनले वीरगञ्ज महानगरपालिका–१२ बस्ने कपिलप्रसाद रौनियार कामको सिलसिलामा काठमाडौँ गएका वेला उनको घरको ताल्चा फुटाई नगद एक लाख र ११ लाख १० हजार रुपैयाँ बराबरको गरगहना चोरी गरेका थिए।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले आलमलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा उनले चोरी गरेको भनी खुल्न आएको पर्सा प्रहरीले जनाएको छ।
साथै, आलमको डेराबाट चोरी भएको सामान एलइडी दुई थान र क्यामेरा एक थान बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।