युएसएड प्रमुखद्वारा प्रधानमन्त्रीसँग भेटेर एमसिसी कार्यान्वयनमा जोड

काठमाडौँ- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड) प्रमुख सामन्था पावरले दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतृत्वसँग भेट गरेकी छन्।

उनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन्।

पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा शीर्ष नेतृत्वसँग जोड दिएकी छन्।

दाहाल सरकार स्थापनापछि नेपाल आउने उनी सबैभन्दा उच्चपदस्थ अमेरिकी अधिकारी हुन्। उनी मन्त्री तहकी हुन्।

उनले मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै सामन्था नेपाल भ्रमणमा आएकी थिइन् ।

तस्बिरहरु: सुलभ श्रेष्ठ

माघ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्