माओवादी केन्द्रकाे उपाध्यक्ष बने अग्नि सापकाेटा

फाइल तस्बिर।

काठमाडाैँ- नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएको छ।

बुधबार जारी सर्कुलरमा हालैको स्थायी समिति बैठकले सापकोटालाई उपाध्यक्षमा बढुवा गरिएकाे हाे। उनीसँगै उपमहासचिव पम्फा भुसाल पनि उपाध्यक्षमा बढुवा भएकी छन्।

यससँगै माओवादीमा उपाध्यक्षको संख्या तीन पुगेको छ। वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ रहेका छन्।

पम्फा उपाध्यक्ष पदमा बढुवा भएपछि उमहासचिवको संख्या ६ मा झरेको छ। यसअघि माओवादीको उपमहासचिवमा पम्फासँगै गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृका यादव रहेका थिए।

यस्तै, सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन्।

अब माओवादीमा पदाधिकारीको संख्या २२ पुगेको छ।

 

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्