प्रि-ओपन सेसन: सामान्य अंकले बढ्याे नेप्से

सांकेतिक तस्बिर।

काठमाडौँ – बिहीबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ। यससँगै सूचक २१७१.१७ विन्दुमा अडिएको छ।

यस सेसनमा ३ लाख ९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन्।

यस सेसनमा कुल ११ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्