चलचित्र विकास बाेर्डका सल्लाहकार सदस्यद्वय खड्का र श्रेष्ठले दिए राजीनामा

सुशान्त श्रेष्ठ र रवीन्द्र खड्का।

काठमाडाैँ – चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्यद्वय: रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन्।

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएकाे बोर्डका सदस्य सचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टङ्कबहादुर महतले जानकारी दिए।

बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन्।

 

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्