’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ।
‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे।
‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन रहनेछ।
काठमाडौँको मण्डला थिएटरमा २ फागुन दिउँसो ३ः४५ बजेदेखि कवि चौधरीले प्रेमसँग सम्बन्धित एक दर्जन बढी कविता वाचन गर्ने कार्यक्रम रहेको छ।
उक्त दिन कवि चौधरीको दुईवटा पुस्तक ‘मेरा गीत’(गीतहरुको संग्रह) र ‘जीवनमन्त्र–२’(सुक्ति संग्रह) समेत लोकार्पण गरिने कार्यक्रम रहेको छ । ।
केही समयअघि उनका ८५ वटा कविताहरुको संग्रह ‘तिमीविनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्।
त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’देखि ‘तिमीविनाको म’सम्म उनका एकदर्जन कृतिहरु प्रकाशित छन्।