युक्रेनी राष्ट्रपति जेलेन्सी अकस्मात फ्रान्समा

युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्की अकस्मात फ्रान्स पुगेका छन्। राष्ट्रपति जेलेन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उनी बुधबार अकस्मात फ्रान्स पुगेकाे बताइएको छ।
बेलायतकाे भ्रमणपछि उनी अकस्मात पेरिस पुगेकाे युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ।
राष्ट्रपति जेलेन्स्कीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेकाे छ।
त्यसैगरी, उनले जर्मन चान्सलर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका थिए। उनीहरूका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको जनाइएको छ।
त्यसैगरी उनीहरू तीनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ। त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए।
सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ।
गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन्।