बेलायतद्वारा रुसमाथि नयाँ प्रतिबन्धको घोषणा

FILE PHOTO: Plastic letters arranged to read "Sanctions" are placed in front the Union Jack and Russian flag colors in this illustration taken February 28, 2022. REUTERS/Dado Ruvic/Illustration/File Photo

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धकाे घोषणा गरेको छ। बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले बुधबार रूसी सेना र क्रेमलिन अभिजात वर्गहरू विरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका हुन्।

यो घोषणा युक्रेनविरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने छवटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्थाविरुद्ध केन्द्रित हुनेछ।

बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक दवाब पर्ने बताएका छन्।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी-कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकप्टरका पार्टपुर्जाहरू बनाउने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी-एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ। त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाज लगायतलाई पनि बेलाइतले प्रतिबन्ध लगाएको छ।

यसका अतिरिक्त कुलीन लक्षित व्यक्तिहरूमा बोरिस टिटोभ, निकोले एगोरोभ, सर्गेई रुडनोभ, स्वेतलाना क्रिभोनोगिख र विक्टर म्याचिन रहेका छन्।

यसबाहेक, बेलाइत सरकारले प्रतिबन्ध लगाएका व्यक्तिहरूमा एलेक्सी रेपिक, इभजेनी स्कोलोभ र पावेल टिटोभ समावेश छन्।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्