भारत–अस्ट्रेलिया टेस्टः पहिलो इनिङमा १ सय ७७ रनमै समेटियो अस्ट्रेलिया

काठमाडौँ – भारत र अस्ट्रेलियाबीच बिहीबारबाट सुरु भएको चार टेस्टको सिरिजको पहिलो खेलमा पाहुना टोली अस्ट्रेलियाले कमजोर सुरुवात गरेको छ।

पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया १ सय ७७ रनमै समेटियो। पहिलो दिन नै अस्ट्रेलियालाई अलआउट गर्ने क्रममा भारतका लागि रवीन्द्र जडेजाले ५ विकेट लिए।

नागपुरमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले सर्वाधिक ४९ रन बनाए। उनी बाहेक स्टिभ स्मिथले ३७ रन जोड्दा थप दोहोरो स्कोरका रुपमा एलेक्स क्यारीले ३६ तथा पिटर ह्यान्डकम्बले ३१ रन बनाएका थिए।

अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा रवीन्द्र जडेजाले ४७ रन खर्चिएर ५ विकेट लिए। त्यस्तै, रविचन्द्रन अश्विनले तीन विकेट लिए। भारतले पहिलो दिन नै जवाफी इनिङ सुरु गरेको छ।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्