मेसीले भुकम्प प्रभावित टर्की र सिरियालाई ३५ लाख युरो सहयोग गर्ने

अर्जेन्टिनाका विश्व चर्चित स्टार लियोनेल मेसीले भुकम्पबाट प्रभावित बनेको टर्की र सिरियाका नागरिकलाई सहयोग स्वरुप ३.५ मिलियन (३५ लाख) युरो सहयोग गर्ने भएका छन्।

टर्की मिडिया रिपोर्टअनुसार मेसीले आफ्नो फाउन्डेसनमार्फत भुकम्प प्रभावित क्षेत्रमा राहत पठाउन निर्देशन दिएको जनाइएको छ। तर मेसीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत भने कुनै जानकारी दिएका छैनन्। टर्कीमा सोमबार गएको भुकम्पमा परी १५ हजारभन्दा बढीको निधन भइसकेको छ।

लियोनेल मेसीको फाउन्डेसनले बालबालिकाको शिक्षा तथा स्वास्थ्यका बारेमा विश्वभर अभियान सञ्चालन गर्दै आएको छ। जसमा मेसीका दाजु माटियसले युनिसेफसँगको सहकार्यमा यो फाउन्डेसनलाई अघि बढाइरहेका छन्।

माघ २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्